Ad Code


Diploma/PCL Entrance Result Published

सुदूरपश्चिम प्रदेश छात्रवृतिको नतिजा
 
 प्राविधिक शिक्षा तथा ब्यावसायिक तालीम परिषद्

सुदूरपश्चिम प्रदेश कार्यालय

धनगढी,कैलाली
डिप्लोमा तथा प्रमाणपत्र तह वर्गिकृत ( निःशुल्क) छात्रवृतिको नतिजा
प्रकाशन सम्बन्धि अत्यन्त जरुरी सूचना
प्रकाशित मिति ः २०७९।०५।२७

यस सुदुरपश्चिम प्रदेश अन्र्तगतका डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गिकृत ( निःशुल्क) छात्रवृतिमा अध्ययन गर्न मिति २०७९।०४।१२ र २०७९।०५।०८ गते गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना बमोजिम डिप्लोमा तथा प्रमाणपत्र तह वर्गिकृत ( निःशुल्क) छात्रवृति तर्फ प्रवेश परीक्षाका लागि तोकिएको मिति र समय भित्र यलष्लिभ फारम आवेदन भरी मिति २०७९।०५।१८ गते बिहान ८ बजे परीक्षा नियन्त्रण कार्यालयद्वारा लिईएको प्रवेश परीक्षामा सम्मीलीत परीक्षार्थीहरु मध्येबाट डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा संचालन,छात्रवृत्ती वितरण तथा भर्ना सम्बन्धि निर्देशिका, २०७९ बमोजिम योग्यताक्रम अनुसार नतिजा प्रकाशन गरी सम्बीधत शिक्षण संस्थाहरुमा भर्नाका लागि सिफारिस गरिएको व्येहोरा सूचित गरिन्छ । साथै रित नपुगेका एवं कागजपत्र अपुग भएका आवेदनहरु रद्घ गरिएको व्येहोरा समेत जानकारी गराईन्छ ।

छनौट भएका मुख्य उम्मेदवारहरुले यसै सूचनालाई आधार मानि सिफारिस गरिएको शिक्षण संस्थामा नतिजा प्रकाशन भएको मितिले १० दिन भित्र (मिति २०७९।०६।०५ गते सम्म) कार्यालय समयमा आफ्नो शैक्षिक योग्यताका सक्कलै कागजपत्र, नागरिकता/जन्मदर्ता कागज, लक्षित समुहमा छनौट भएको भए सोको प्रमाणपत्रहरु र online छात्रवृत्ति प्रवेश परीक्षा आवेदन फाराम भर्दा प्राप्त भएको प्रवेशपत्र सहित सिफारिस गरिएको शिक्षण संस्थामा भर्ना भई सक्नुपर्ने छ । सम्बन्धित शिक्षण संस्थाहरुले यसै सुचनालाई आधार मानी नतिजामा उल्लेखित कक्षा १० को GPA / प्रतिशत सँग सम्बन्धित उम्मेदवारका शैक्षिक योग्यताका सक्कलै कागजात सँग प्रकाशित नतिजाको GPA / प्रतिशत भिडाई, सरकारी सामुदायिक विद्यालय भए / नभएको र TSLC बाट छनौट भएको हकमा आगिंक,TSLC र त्रिभुवन विश्व(विद्यालयबाट अध्ययन गरेको प्रमाणपत्र र सोमा भएको प्रतिशत समेत यकिन गरी भर्ना गर्न गराउन हुन र तोकिएको मिति र समय भित्र भर्ना हुन नआई कोटा रिक्त रहेमा भर्ना हुन नआएको उम्मेदवारको नाम,अनुमति नम्बर, लक्षित समुहको भए सो समेत उल्लेख गरि भर्ना म्याद सकिएको मिति पछिको ३ (तिन) दिन भित्र (मिति २०७९।०६।०८सम्म) यस कार्यालयको इमेल ctevtspokailali@gmail.com / सोको वोद्यार्थ परिषद् परीक्षा नियन्त्रण कार्यालय (oce.ctevt@gmail.com ) मा अनिवार्य रुपमा पठाउनु हुन अनुरोध छ ।साथै सूचनामा उल्लेख भए बमोजिमका भर्ना प्रकृयाका कुराहरुमा फरक पारी भर्ना गर्ने गराउने कार्य भएमा सोको जिम्मेवारी स्वयं सम्बन्धित शिक्षण संस्थाको प्राचार्य हुने र उक्त परिक्षार्थीको रजिष्ट्रेशन नहुने व्येहोरा समेत सूचित गरिन्छ ।

समयमा जानकारी नगराई व्यवस्थापन कार्यमा असहयोग गर्ने संस्थालाई डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण एंव भर्ना सम्बन्धी निर्देशिका अनुसार भै जाने व्यहोरा समेत जानकारी गराईन्छ ।

15. Diploma in Civil Engineering.pdf
14. Diploma in general medicine (HA)m.pdf
13. Diploma in Pharmacy.pdf
12. Diploma in Medical Labrotrary Technology (1).pdf
11. Diploma in Animal Science.pdf
10. Diploma in Forestry.pdf
9. Diploma in Mechanical Engineering.pdf
8. Diploma in Geomatics Engineering.pdf
7. Diploma in Plant science.pdf
6. Diploma in Tourism And Hospitality.pdf
5. Diploma In Information Technology.pdf
4. Diploma in Electrical Engineering.pdf
3. Diploma in Computer Engineering.pdf
2. Diploma in Automobile  Engineering.pdf
1. Diploma in Agriculture Engineering.pdf




Post a Comment

1 Comments

  1. When will publish the result of diploma of HA of bagmati province

    ReplyDelete